१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

युरोपियन युनियनको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

रासस

विराटनगर — नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् । 

युरोपियन युनियनको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गरे । “उनले नेपाली जनताले सार्वभौम संविधान सभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु त्यो स्वतन्त्र राष्ट्रप्रति हस्तक्षेप हो भने ।” उनले संविधानमा आरक्षणको प्रयोग नभएको स्पष्ट पार्दै जनसंख्याको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको सिट निर्धारण भएको हो भने ।

नेता गच्छदारले सरकारको जिम्मेवार स्थानमा बसेका मन्त्रीबाट शेयरसम्बन्धी टिप्पणीबाट आज शेयर बजार खस्केको छ भन्दै आर्थिक विषयमा ध्यान पुर्‍याएर बोल्नुपर्नेमा जोड दिए ।


प्रकाशित : चैत्र १४, २०७४ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?