बस दुर्घटनामा १० घाइते, १ को मृत्यु

लालप्रसाद शर्मा

पोखरा — पोखराबाट नारायणघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका १० जना उपचार भइरहेकाे छ भने एकजनाको मृत्यु भएकाे छ ।

लम्जुङ धमिलीकुवाका ४० वर्षिय सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

ना५ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरको तल्लो गगनगौंडास्थित प्रस्तावित बसपार्क क्षेत्रमा पृथ्वी राजमार्गबाट करीव ४० फिट तल खसेको छ।

तीव्र गतिका कारण अनियन्त्रित भई बस सडकबाट खसेको अनुमान प्रहरीको छ। बसमा २५/३० जना यात्रु रहेको अनुमान गरिएको डाँडाको नाक प्रहरी चौकीका प्रमुख डिएसपी गोविन्द पुरीले बताए। उनका अनुसार घाइतेलाई पोखराका विभिन्न अस्पतालमा पठाइएको छ।

घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। केही बेरअघिमात्रै घटना भएकाले विस्तृत जानकारी आउन बाँकी छ।

प्रकाशित : चैत्र १४, २०७४ १०:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ब्राजिलले जर्मनीलाई हरायो, इंग्ल्यान्ड-इटाली बराबर

एएफपी

लन्डन — ग्याब्रियल जेससको एकमात्र गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । खेलको ३७ औं मिनेटमा विद्याको पासलाई सदुपयोग गर्दै जेससले गरेको गोल निर्णायक सावित भयो ।

अर्को खेलमा इंग्ल्यान्ड र इटाली १-१ को बराबरीमा रोकिए । जेमी भार्डीले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । तीन मिनेट समय बाँकी रहँदा इटालीले पेनाल्टी पायो । लोरेन्जो इन्सिन्याले पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्याए ।

अन्य खेलमा बेल्जियमले साउदी अरेबियलाई ४-० ले हरायो । फ्रान्सेले रसियालाई ३-१ ले पराजित गर्यो । अस्ट्रेलिया र कोलोम्बियको खेल गोलरहित बराबरीमा टुङ्गियो ।

प्रकाशित : चैत्र १४, २०७४ १०:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×