डार्ट गरेर बाघ नियन्त्रणमा

हेटौंडा — मनहरी गाउँपालिका–७ रमौलीकी सरस्वती बर्तौलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । सोमबार बाघको आक्रमणमा बर्तौलाको मृत्यु भएको थियो ।

डार्ट गरेर बाघ नियन्त्रणमा

चितवन निकुञ्जको डार्ट टोलीले मनहरी प्रतापपुर क्षेत्रबाट बाघलाई मंगलबार बेलुका नियन्त्रणमा लिएको जनाएको छ । सोमबार साँझदेखि नै त्यो क्षेत्रमा टोली सक्रिय थियो ।


निकुञ्जका वन्यजन्तु विज्ञ तथा चिकित्सकका अनुसार आक्रमण गरेको स्थान आसपास बाघ २/३ दिन बिताउने भएकाले नियन्त्रणमा लिन सम्भव भएको हो । टोलीले ५ देखि ६ वर्ष उमेरको बाघलाई २ राउन्ड डार्ट गर्न सफल भएको थियो । ४ वटा हात्तीले घेरेर डार्ट गरिएको थियो ।


इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्र घलेका अनुसार निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको बाघ चितवन राष्ट्रिय निकुञ्ज लगेका छन् ।


सोही बाघको आक्रमणमा सोमबार मनहरीका ४१ वर्षीय लालबहादुर अर्याल (राजकुमार) घाइते भएका थिए । उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र १४, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?