१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
समाचार

News

१२ दिन सार्वजनिक बिदा कटौती, संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइने

सरकारले १२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । मुलुकमा सार्वजनिक बिदा बढी भयो भनेर विरोध भइरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा कटौतीको निर्णय गरेको हो ।

१२ दिन सार्वजनिक बिदा कटौती, संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइने

प्रधानमन्त्रीको भ्रमण तयारी तीव्र

प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमण तयारी तीव्र पारेका छन् । दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारत वा चीन कहाँबाट होला भन्ने आम जिज्ञासा चिर्दै ओली भारत भ्रमणमा जाने तयारीमा जुटेका हुन् ।

प्रधानमन्त्रीको भ्रमण तयारी तीव्र

राराबाट पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले वैशाख १ गते मुगुको रारा तालबाट देशवासीका नाममा पहिलो औपचारिक सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री भएपछि देशवासीका नाममा सम्बोधन गर्ने चलन छ । ओलीले अहिलेसम्म औपचारिक सम्बोधन गरेका छैनन् ।

राराबाट पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री

निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध सर्वोच्चमा रिट

निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसहित संवैधानिक परिषद्का पदाधिकारीहरुविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताहरु हेममणि सुवेदी तथा नारायण खरेलले पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध सर्वोच्चमा रिट

तीन छोरा नै बाकसमा...

एक साताअघि मात्रै मलेसियाबाट काठमाडौं फर्किएका थमबहादुर रोकालाई उनका कान्छो भाइ धर्मलालले आफू पनि दसैंमा जसरी भए पनि फर्किने बताएका थिए । ‘म दसैंमा आउँछु, त्यतिन्जेल घर गएर तपाईंले बुबाआमालाई हेर्नुहोला,’ साइँला दाइ थमबहादुरलाई कान्छाले भनेका थिए । धर्मलाल आफूले भनेको भन्दा निकै अघि बुधबार नै काठमाडौं आइपुगे तर बाकसमा बन्द भएर । 

तीन छोरा नै बाकसमा...

काभ्रेलाई प्रदेश राजधानी तोक्न प्रस्ताव दर्ता

काभ्रेलाई प्रदेश राजधानी तोक्न ३ नम्बर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।एमाले सांसद चन्द्रबहादुर लामा प्रस्तावक र सांसदहरु बसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक रहेर प्रस्ताव दर्ता गरिएको हो ।

काभ्रेलाई प्रदेश राजधानी तोक्न प्रस्ताव दर्ता

नेपालीले भत्काए सीमा नदीका पुल

स्थानीयबासिन्दाले भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा निर्माण गरेका ३ वटा काठेपुल भत्काइदिएका छन् । गत फागुनमा भारतले नेपालको अनुमतिबिना ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका काठे पुल निर्माण गरेको थियो ।

नेपालीले भत्काए सीमा नदीका पुल

युरोपियन युनियनको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् । 

युरोपियन युनियनको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

टिप्पणीः प्रधानमन्त्रीले किन राखे राष्ट्रियता एक नम्बरमा?

प्रधानमन्त्री केपी ओलीले कुटनीतिक समुदायलाई सरकारका प्राथमिकताबारे जानकारी दिँदै राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखे । विगत केही वर्षदेखि ‘राष्ट्रवादी’ नेताको छवि बनाएका ओलीले सरकारका सम्हालेको पहिलो कुटनीतिक सम्बोधनमा राष्ट्रियतालाई पहिलो नम्बरमा किन राखे ?

टिप्पणीः प्रधानमन्त्रीले किन राखे राष्ट्रियता एक नम्बरमा?

गोरीकला हत्यामा प्रहरी पनि संलग्न

एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएपछि प्रहरीको पनि संलग्नता रहेको पुष्टि भएको हो ।

गोरीकला हत्यामा प्रहरी पनि संलग्न

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन सख्त घाइते

बुधबार बिहान सिद्धिचरण लोकर्माग अन्तर्गत कटारी घुर्मी खण्डको गहुबारीमा आज बिहान ट्यांकर दुर्घटना हुदाँ चालकसहित दुईको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । 

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन सख्त घाइते

चन्द्रनिगाहपुरका ४ पसलमा आगलागी

चन्द्रपुर नगरपालीका–५ स्थित ४ वटा पसलमा बुधवार आगलागी भएको छ । बिहानदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रण्मा आएको छैन । आगो निभाउन ५ वटा वारुणयन्त्र परिचालन गरिएको छ ।

चन्द्रनिगाहपुरका ४ पसलमा आगलागी

डार्ट गरेर बाघ नियन्त्रणमा

मनहरी गाउँपालिका–७ रमौलीकी सरस्वती बर्तौलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । सोमबार बाघको आक्रमणमा बर्तौलाको मृत्यु भएको थियो ।

डार्ट गरेर बाघ नियन्त्रणमा

१३ वर्षीय नातिलाई एचआईभी: ‘म एउटा भगवान् खोजिरहेछु’

गोदावरी नगरपालिका–१२ ओलानीकी ७५ वर्षीया जौमती विक एचआईभी संक्रमित नातिको उपचारका लागि एआरटी लिन प्रत्येक महिना धनगढीस्थित सेती अञ्चल अस्पताल धाउँछिन् ।

१३ वर्षीय नातिलाई एचआईभी: ‘म एउटा भगवान् खोजिरहेछु’

निर्माता गिरी प्रहरी नियन्त्रणमा

महिना दिनअघि मात्रै रिलिज फिल्म ‘कृ’ मा प्रयोग गरिएको गीत ‘उकालीमा पछि पछि...’ चोरी गरेको आरापेमा उक्त फिल्मका निर्मातामध्येका एक सुवास गिरीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्माता गिरी प्रहरी नियन्त्रणमा

भैरवीको रथ लच्याङवासीले नबोक्ने

पराम्परागत रूपमा शक्तिशाली देवी नुवाकोट भैरवीको खट (रथ) बोक्दै आएका लच्याङका गुठियारले गत वर्षझैं यसपटक पनि खट नबोक्ने भएका छन् ।

भैरवीको रथ लच्याङवासीले नबोक्ने

१० वर्षपछि ट्राफिक लाइट

उपत्यकाका ७ स्थानमा दस वर्षपछि ‘स्मार्ट ट्राफिक’ बत्ती बल्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौं महानगरपालिकाले मर्मत तथा नयाँ जडान गरेर महाराजगन्जस्थित नारायणगोपाल चोक, सोल्टी मोड, नयाँबानेश्वर चोक, पुतलीसडकस्थित पद्मोदय मोडमा मंगलबार लाइट राखिएको हो ।

१० वर्षपछि ट्राफिक लाइट

सरकारलाई केसीको चेतावनी ‘चिकित्सा अध्यादेश तुहाए सत्याग्रह’

चिकित्सा शिक्षा र सेवा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश तत्काल संसद्मा पेस नगरे पुन: सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।

सरकारलाई केसीको चेतावनी ‘चिकित्सा अध्यादेश तुहाए सत्याग्रह’

‘विकासमा सघाउनुस्, बाँकी आफैं गर्छौं’

प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय समुदायसंँग नेपालले मूलत: विकासका लागि साझेदारी गर्न चाहेको उल्लेख गर्दै घुुमाउरो तरिकाबाट संवैधानिक, राजनीतिक र अन्य मुद्दामा भने धेरै चासो नराख्न आग्रह गरेका छन् ।

‘विकासमा सघाउनुस्, बाँकी आफैं गर्छौं’

बार घोषणापत्र: ‘भ्रष्टाचारविरुद्ध ऐतिहासिक निर्णय’

नेपाल बार एसोसिएसनले नेपालगन्जमा सम्पन्न १४ औं राष्ट्रिय सम्मेलनबाट जारी २८ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरिएको हो ।

बार घोषणापत्र: ‘भ्रष्टाचारविरुद्ध ऐतिहासिक निर्णय’

पराजुलीको अवकाश विवाद सर्वोच्चमा

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादले सर्वोच्च अदालतमा प्रवेश पाएको छ । पराजुली साउन २१ गतेदेखि नै पदमा नरहेको दाबी गर्दै पेस भएको निवेदनलाई अस्वीकृत नगर्न सर्वोच्च अदालतले रजिस्ट्रारलाई आदेश दिएको हो ।

पराजुलीको अवकाश विवाद सर्वोच्चमा