१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

केसीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश 

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई तीन दिनभित्र स-शरीर सर्वोच्च अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलना सम्बन्धि नयाँ दर्ता भएको मुद्दामा सर्वोच्चले केसीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

केसीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश 

गोविन्द बोहराले फागुन १६ गते दर्ता गरेको निवेदनको प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यो आदेश जारी गरेको हो । यो सहित डा. केसी विरुद्ध सर्वोच्च अदालतमा तीनवटा मुद्दा विचाराधीन छन् । केसीले विभिन्न समयमा प्रधानन्यायाधीश पराजुलीकाबारेमा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै कारबाहीको माग राखी निवेदन दर्ता भएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०७४ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?