१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवन भित्र

सरोजकुमारी चौधरी

काठमाडौँ — प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो । 

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवन भित्र

भवनभित्र उनी एक्लै गएका थिए । संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए । कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए ।


पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन् । एमाले अध्यक्ष एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षणमुलक मन्तव्य दिने छन् ।


संघीय सांसदहरुको शपथ आइतबार हुँदैछ ।

प्रकाशित : फाल्गुन १९, २०७४ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?