कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्याक्टर दुर्घटनामा ३ को मृत्यु

कान्तिपुर संवाददाता

सुर्खेत — सुर्खेतको गुर्भाकोट नगरपालिका-२ को मालारानीमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अरु २ जना घाइते भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर दुर्घटनामा ३ को मृत्यु

भे १ त ६१६८ नम्बरको ट्याक्टर मालारानी प्रहरी चौकी नजिकै दुर्घटनामा परेको जिल्ला ट्राफिक इन्चार्ज कवि सेन्चुरीले बताए । मृत्यु हुनेमा गुर्भाकोट-८ मेहेलकुनाका २० वर्षीय चालक फत्तबहादुर विक, २५ वर्षीय शशीराम विक र ३२ वर्षीय नारायण खत्री रहेका छन् । त्यस्तै, गुर्भाकोट-८ कै ३१ वर्षीय टेकबहादुर धौलाकोटी र ३२ वर्षीय अम्मर विक घाइते छन् ।


गैरी बजारबाट सरीया बोकेर बोटेचौरतर्फ आउँदै गर्दा ओरालो सडकमा विपरीत दिशाको नालामा ट्याक्टर पल्टिएको प्रहरी नायव निरीक्षक सेन्चुरीले बताए । घाइतेहरु खतरामुक्त रहेको र मेहेलकुना अस्पतालमा उपचार भइरहेको उनले जनाए ।

प्रकाशित : फाल्गुन १५, २०७४ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?