३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कान्तिपुर टीभीको प्रधान सम्पादकमा अर्याल

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर टेलिभिजन नेटवर्कको प्रधान सम्पादकमा प्रशान्त अर्याल नियुक्त भएका छन् ।

कान्तिपुर टीभीको प्रधान सम्पादकमा अर्याल

टेलिभिजन सञ्चालक समितिले उनलाई आइतबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी सुम्पेको हो । अर्याल १० वर्षदेखि ‘नेपाल’ साप्ताहिकका प्रधान सम्पादक थिए ।


अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अर्यालले त्यसअघि कान्तिपुर, हिमाललगायत सञ्चारमाध्यममा काम गरेका थिए । उनले छापा पत्रकारितामा सिकेको सीप र अनुभवका आधारमा टेलिभिजन समाचारलाई लोकप्रिय बनाउने बताए । ‘कान्तिपुर टेलिभिजन एचडीमा गएर प्रविधिमा फडको मारेको छ,’ अर्यालले भने, ‘समाचारमा पनि फडको मार्ने मेरो लक्ष्य छ ।’

प्रकाशित : फाल्गुन १३, २०७४ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?