कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

त्रिशूलीमा खसेको जिप निकालियो, थप एक जनाको शव फेला [अपडेट]

उद्धारमा परिचालित गोताखोर नै बेहोस, घटनास्थल पुगे विभागीय मन्त्री
हरिहरसिंह राठौर

धादिङ — त्रिशूली नदीबाट दुर्घनामा परेको जिप शनिबार अपरान्ह ४ बजे निकालिएको छ । जिपमा सिँचाई मन्त्रालयका सचिव यादवकी नातेदार १५ वर्षीय उन्नती गुप्ताको शव फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो सिटमा बसेका यादवका छोरा सन्तोष भने अझै फेला परेको छैन ।

त्रिशूलीमा खसेको जिप निकालियो, थप एक जनाको शव फेला [अपडेट]


जीप घिसारेर वगरमा ल्याउदा सम्म वाहिर खस्न सक्ने वा दुर्घटना हुने वखतनै फुत्केर पानीमा खसेको हुन सक्ने प्रहरीले जनाएकोछ ।

............

वेपत्ताको खोजीका लागि परिचालित गोताखोर नै दुर्घटनामा परेको छ । गोताखोर दुर्घटना परेपछि थप बेपत्ता खोज्ने काम अवरुद्ध भएको छ । अहिले जिप बाहिर निकाल्न थालिएको प्रहरीले जनाएको छ ।


सचिवको शव झिकेपछि अर्को व्यक्तिको खोजीमा पानीमा पसेका सशस्त्र प्रहरीका हवल्दार गोताखोर तीर्थराज चपाई पानीमै बेहोस भएका थिए । अक्सिजन सकिएपछि जिपभित्रै अल्झिएका चपाईलाई बेहोस अवस्थामा अर्का गोताखोर नरेन्द्रसिंह भण्डारीले उद्दार गरेका थिए ।


बेहास चपाईलाई झिक्न भण्डारीले अक्सिजन सिलिण्डरलगायत सामाग्री पानीमै काटेर झिक्न परेको थियो । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।


दुर्घटनापछि बिहान १० बजे नै घटनास्थलमै पुगेकी मृतक सचिव यादवकी छोरी डाक्टर रञ्जना बावुकै शवनेर बसेर आफन्तजनहरुसँग घटनास्थलको परिस्थितिबारे फोनमा कुरा गर्दै थिइन् । सोही समयमा गोताखोर बेहोस भएका थिए । गोताखोर चपाइलाई प्राथमिक उपचार गरेपछि डा. रञ्जनाले थप उपचारका लागि काठमाडौं लैजान भनेकी थिइन् ।


घाइते गोताखोर चपाईलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।


घटनास्थल पुगे विभागीय मन्त्री


जिप दुर्घटनास्थलको वस्तुस्थिति अवलोकन गर्न सिँचाईमन्त्री सञ्जय गौतम र राज्यमन्त्री अमर पुन पनि पुगेका छ्न् । मन्त्री गौतमले माघ महिनामा पनि त्रिशूली नदी धमिलो हुनुका कारण प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र प्रहरी उपरीक्षक ध्रुवराज राउतसँग सोधेका थिए । प्रजिअ भण्डारीले त्रिशूली प्रदुषणबाट जोगाउने उपायबारे छलफल भइरहेको जवाफ दिएका थिए । तर, स्थानीयवासीहरुले प्रशासनकै मिलोमतोमा त्रिशूली नदी दोहन र धमिलो भएको गुनासो गरेका थिए । उनीहरुले हरेक दुर्घटनामा पानी धमिलो हुनाले उद्धारमा कठिनाई हुने गरेको पनि मन्त्रीलाई सुनाएका थिए ।


...........

सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ । उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ । उद्दारमा संलग्न प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ । यसअघि सचिवका ड्राइभरले पनि जिप सचिव यादवले नै चलाएका बताएका थिए ।

शनिबार बिहान पृथ्वी राजमार्गस्थित धादिङको सलाङघाटमा भएको जिप दुर्घटनामा सचिव सहित तीनजना वेपत्ता भएका थिए । आज बिहान कुरिनटारबाट आएको गोताखोरले जिप १५ मिटरको गहिराइमा जिप भेट्टाएका थिए ।

सचिवको शव सोही जिपबाट निकालिएको उद्दारकार्यमा संलग्न प्रहरीले बताएका छन् । वेपत्ता भएका तीनमध्ये सचिवको शव फेला परेको छ भने छोरा सन्तोष र १५ वर्षीया उन्नती गुप्ता हराइरहेका छन् ।

अपडेट

.....

सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा ३ जना बेपत्ता भएका छन्। जिप भने १५ मिटर गहिराइमा चितवन कुरिनटारबाट आएको गोताखोरले पत्ता लगाएका छन् ।

कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए । अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन ।

बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो । जिप खसेको स्थान निकै गहिरो छ । नदी धमिलो भएको कारण उद्दार मा कठिनाइ भएको प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए ।


घाइते भएका चालक निरन्जन यादवलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए । जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो ।


चालकले उक्त जिप सचिव यादवले नै चलाएका प्रारम्भिक बयान दिएका छन् ।

प्रकाशित : माघ २७, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?