१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश ४ मा राष्ट्रियसभाको लागि भएको मतदान सकियो

भीम घिमिरे

पोखरा — प्रदेश ४ को राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदान गरेर सबै मतदाता हिँडे पनि सम्पन्नको घोषणा पूर्वनिर्धारित भनिएको समय ३ बजेमत्रै गरिने भएको छ । 

प्रदेश ४ मा राष्ट्रियसभाको लागि भएको मतदान सकियो

क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख गंगालाल सुवेदीका अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख १७० जना सबैले मतदान गरे भने प्रदेशसभा सदस्यमध्ये पक्राउ परिने डरले लुकेका मनाङका दीपक मनाङ्गे भनिने राजीव गुरुङबाहेक ५९ जना सबैले मतदान गरेका छन् ।

प्रदेश ४ बाट ८ सीट मध्ये अपांगताको कोटामा कांग्रेसका प्रकाश पन्थ निर्विरोध भएपछि ७ सीटका लागि मतदान भएको हो । राष्ट्रियसभाका लागि एमालेबाट गणेश तिमिल्सिना, दीपा गुरुङ, शान्ति अधिकारी, माओवादीबाट दीनानाथ शर्मा, खुमबहादुर बिक, कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, विन्दा राना, जीतबहादुर नेपाली र राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र मीना पुन उम्मेदवार छन् ।

मतगणना साँझ ५ बजेदेखि थालिने मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताएका छन् ।

प्रकाशित : माघ २४, २०७४ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?