१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राष्ट्रियसभामा प्रदेश नम्बर २ का सम्पूर्ण सांसद निर्विरोध

श्यामसुन्दर शशि

जनकपुर — प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेती सोमबार अपरान्ह ३ बजे सूचना टाँस गरी उम्मेदवारी परेका आठै जना निर्विरोध निर्वाचित भएको जानकारी गराएका छन् ।

अन्य समूहबाट उम्मेदवारी दिएका समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिए पछि यस प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका थिए ।

प्रदेश नम्बर २ को राष्ट्रियसभाका लागि अन्य समूहबाट नेपाली काँग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन् भने महिला क्लस्टरमा माओवादी केन्द्रकी शशिकला दाहाल, नेपाली काँग्रेसकी मुक्ताकुमारी यादव तथा संघीय समाजवादी फोरमकी प्रमीला कुमारी निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

यस्तै अल्पसंख्यक/अपांग क्लस्टरमा राजपाका बृषेशचन्द्र लाल तथा दलित क्लस्टरमा संघीय समाजवादी फोरमका रामप्रीत पासमान निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रमुख निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले निर्विरोध निर्वाचित उम्मेदवारहरुलाई माघ २४ गते अपरान्ह ३ बजे विजयी भएको प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।


प्रकाशित : माघ १५, २०७४ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?