१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तीन लाख रुपैयाँसहित प्रहरी सहायक निरीक्षक पक्राउ

रासस

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई आज बालाजुबाट पक्राउ गरेको थियो ।


बुटवलमा कार्यरत रहँदा निज खड्काले रु एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैँसँग राखी रु तीन लाख मागेको खुल्न आएको उनले बताए ।

कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित : माघ ८, २०७४ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?