दाङमा सरकारी कामकाज प्रभावित

दुर्गालाल केसी

दाङ — पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै तीन दिनदेखि जारी अनिश्चितकालीन आमहड्तालका क्रममा शुक्रबार सरकारी कार्यालय पनि बन्द भएका छन् ।

दाङमा सरकारी कामकाज प्रभावित

कतिपय सरकारी कार्यालयले आन्दोलनकारीको अनुरोधलाई मानेर आफैं बन्द गरेका छन् भने कतिपयलाई आन्दोलनकारीले कार्यालयमै गएर बन्द गराउन लागएका हुन् । आमहड्तालका कारण शुक्रबार पनि बिहानैदेखि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना सञ्चालन हुन सकेका छैनन् । जिल्लाका मुख्य बजार र सडकमा निरन्तर प्रदर्शन भइरहेका छन् । सडकमा आगो बालेर अवरोध गरिएको छ ।


पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा गाडी चल्न नसक्दा यात्रुहरु सडकमा अलपत्र परेका छन् । रुपन्देहीलाई अस्थायी मुकाम तोक्ने सरकारको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने संघर्ष समिति सचिव माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज निर्मल आचार्यले बताए ।

प्रकाशित : माघ ५, २०७४ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?