देउवा सरकारको निर्णय संविधानविपरीत : पूर्वमन्त्री शाही


भक्तपुर — पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शत्तिलको चलखेल बढेको बताएका छन् ।


रफत सञ्चार क्लबले आइतबार गरेको कार्यक्रममा शाहीले वाम गठबन्धको एकता तोड्ने चलखेल जारी रहे तापनि त्यसले पूर्णता नपाउने बताए । 'अब बन्ने वामपन्थीको सरकारमा केपी ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष बन्नुहुनेछ' उनले भने, 'वाम गठबन्धन सरकारको कार्यकाल पाँच वर्ष हुनेमा कसैले शंका नगर्नुस् ।'
निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानको समेत उल्लंघन गर्ने काम गरेको उनको टिप्पणी छ ।
अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर देउवा सरकारले गरेको निर्णय सरासर संविधानविपरीत रहेको उनले दाबी गरे । नेता शाहीले देउवा नेतृत्वको सरकारमा लामो समय बिनाविभागीय मन्त्रीको रुपमा रहेर अस्ती शुक्रबारमात्रै राजीनामा दिएका हुन् ।
प्रकाशित : पुस ३०, २०७४ १४:४७