उपप्रधानमन्त्री थापाले भने, 'वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ'

काठमाडौँ — उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुक नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा राखेका छन् ।

उपप्रधानमन्त्री थापाले भने, 'वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ'

रिपोर्टर्स क्लबले बुधबार गरेको विशेष साक्षात्कारमा उपप्रधानमन्त्री थापाले,‘जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनको लागि म्याण्डेट दिएका छन्, जनतको म्याण्डेटअनुसार वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ ।' एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ सरकार गठन गर्न असफल भएमा जनताप्रतिको ठूलो धोका हुने थापाको भनाइ छ । जनताको म्याण्डेट अनुसार वाम गठबन्धनको सरकार नबने मुलुकमा फेरि राजनीतिक अस्थिरता ल्याउने र मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन बाधा उत्पन्न हुने उनले उल्लेख गरे ।


उपप्रधानमन्त्री थापाले चुनाव सम्पन्न हुनेवित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भीर भूल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताए ।

प्रकाशित : पुस २६, २०७४ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?