फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो
काठमाडौँ — प्रा. डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले सोमबार राति करिव ८ बजे उनलाई पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।