१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हलेसी बजारमा आगलागीमा, लाखौंको क्षति

डम्बरसिं राई

खोटाङ — जिल्लाको धार्मिक पर्यटकीय स्थल हलेसी बजारमा भिषण आगलागी हुँदा लाखौंको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार साँझ सात बजे सुरु भएको आगोले लाखौंको क्षति भएको हो । यद्यपि भरखरै लगत संकलन सुरु भएकाले क्षतिको यकीन विवरण आउन नसकेको निमित्त प्रजिअ सन्तोष सुवेदीले बताए ।

हलेसी बजारमा आगलागीमा, लाखौंको क्षति


आगोले मगम राईको दुई वटा घर, अम्बाराज राईको एउटा, तम्बाराज राईको एउटा, रिगिन्द्र राईको एउटा, उचितबहादुर राईको एउटा, कौशिला राईको एउटा र प्रकाचन्द्र गिरीको एउटा घर नष्ट भएको छ । अधिकांश घरमा पसल भएकाले ठूलो क्षति भएको स्थानीय टिवन राईले बताए । दिक्तेलबाट हिँडेको दमकल अर्खौलेको नागी भन्ने ठाउँमा बिग्रिएपछि स्थानीयले राति ११ बजे आगो नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी सुवेदीले सुनाए । आगो खाना पकाउने ग्याँस लिगभएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।


बुधबार बिहान जिल्ला आपतकालीन उद्धार समितिले पूर्ण रुपमा क्षति भएकालाई १५ हजार, आंशिक क्षति भएकोलाई १० हजार नगद दिने निर्णय गरेको छ । त्यस्तै रेडक्रसले आपतकालीन राहतका सामग्री, जिल्ला वन कार्यालय र सुरक्षा निकायले अस्थायी टहरा निर्माणका लागि सहयोग र समन्वय गर्ने निर्णय गरेको निमित्त प्रजिअ सुवेदीले सुनाए ।


प्रकाशित : पुस १९, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?