कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अध्यादेश जारी गर्न फोरमका नेताद्वारा राष्ट्रपतिलाई आग्रह

काठमाडौँ — संघीय समाजवादी फोरमले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतवार आग्रह गरेको छ ।

अध्यादेश जारी गर्न फोरमका नेताद्वारा राष्ट्रपतिलाई आग्रह



अध्यादेशमाथि संवैधानिक प्रश्न उठेकाले विभिन्न राजनीतिक नेतासँग सुझाव लिने क्रममा भण्डारीलाई फोरम नेतालाई शितल निवास बोलाएकी थिइन् ।


अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रपतिलाई अध्यादेश लम्ब्याएर नराख्न सुझाएका थिए । ‘जति अध्यादेश लम्बिन्छ, त्यति देउवा सरकार टिक्छ । नयाँ जनमतको अपमान पनि हुन्छ’, राष्ट्रपतिसमक्ष राखेको सुझाव उल्लेख गर्दै नेता श्रेष्ठले बताए ।


अध्यादेशमा रहेको एकल संक्रमणीय व्यवस्थाले आफ्नो पार्टीलाई केही सिट घाटा हुने भएपनि उक्त प्रणाली नै उपयुक्त हुने धारणा फोरम नेताको थियो ।


राष्ट्रपति भण्डारीले भने विवादित प्रावधानमा मुख्य दलहरुले सहमति जुटाउन जरुरी भएको बताएकी थिइन् । ‘विवाद मिलाउने जिम्मा दलहरुकै हो । तपाईहरु साझा धारणा बनाउनुस्’, राष्ट्रपतिको भनाई उद्धृत गर्दै उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कान्तिपुरलाई जानकारी दिए ।


राष्ट्रपतिले सोमबार मधेशकेन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टीका नेता समेतसँग राय लिने भएकी छिन् ।

प्रकाशित : पुस ९, २०७४ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?