जहाज नउडेपछि पार्टी एकता संयोजन समितिको बैठक स्थगित

काठमाडौँ — पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि शनिबार बस्ने भनिएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बैठक स्थगित भएको छ । 

मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ फर्कन सकेनन् । अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार जहाज अवतरण हुन नसकेपछि काठमाडौँ फर्कने कार्यक्रम स्थापित भएपछि पार्टी एकता संयोजन समितिको बैठक आजलाई स्थगित भएको हो ।

यद्यपि दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहनुभएको दुवै पार्टीका नेताहरुले बताएका छन् । आजै यहाँ आयोजित एक कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको विषयमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए । दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा शीर्ष नेता पुगेको बताइएको छ ।

पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आशयको निर्णय गरेको थियो ।

प्रकाशित : पुस ८, २०७४ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काठमाडौंमा स्यानफोर्ट प्रि–स्कुल 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा उत्कृष्ट प्रि-स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट काठमाडौंमा पनि सुरु गरिएको छ ।

शनिबार प्रहरी अनुसन्धान ब्युरो (सिआईबी) प्रमुख डिआईजी पुष्कर कार्की, अभिनेत्री केकी अधिकारी र स्यानफोर्ट स्कुल समूहका प्रबन्ध निर्देशक एस के राठौरले संयुक्त रुपमा विशालनगर मार्गमा प्रि-स्कुल उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रबन्ध निर्देशक राठौरले स्कुलमार्फत् बेलायती अवधारणा अनुसार शिक्षा दिने बताए ।
यस स्कुलबाट पढेका विद्यार्थीहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य हुने सञ्चालकहरुको दाबी छ ।

प्रकाशित : पुस ८, २०७४ २०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्