२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

आगलागीबाट फर्निचर उद्योगसहित २ घर जले

म्याग्दी — शनिबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा रघुगंगा गाउँपालिका, १ तिप्ल्याङ्गमा एक फर्निचार उद्योग सहित दुई घर जलेर नष्ट भएको छ । आगो २ घन्टामा नियन्त्रणमा आएको थियो

आगलागीबाट फर्निचर उद्योगसहित २ घर जले

प्रहरीका अनुसार आगलागीबाट बेगबहादुर पुर्जाको फर्निचर उद्योग, पसल र घर जलेको हो । फर्निचर उद्योगबाट फैलिएको आगोबाट जोडिएको राजकुमारी पाईजाको घर पनि जलेको हो । आगोले बेगबहादुरका एक सय ५० र राजकुमारीका ५० वटा कुखुरा पनि जलेका छन ।


आगोले वेगबहादुरको घर, फर्निचर, लत्ताकपडा, अन्नपात, गहना, नगद र कुखुरासमेत २० लाख र राजकुमारीको घर, अन्नपात, कुखुरागरी १७ लाख मुल्य बराबरको क्षति पुगेको प्रहरीको प्रारपम्भिक अनुमान छ ।

घटनास्थल सदरमुकाम बेनीदेखी २० किलोमिटर उत्तर बेनी–जोमसोम सडक खण्डमा पर्छ ।


‘दिउँसो ४ बजेबाट आगलागी भएको हो । फर्निचरमा विद्युत सर्ट भई आगलागी भएको अनुमान छ,’ प्रहरी निरीक्षक दीपक महतले भने, ‘दमकल र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको छ ।’


प्रकाशित : पुस ८, २०७४ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?