फुङलिङ नगरपालिकाका मेयर पार्टीबाट निष्कासित

आनन्द गौतम

ताप्लेजुङ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै नेकपा एमालेले फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेललाई पार्टीबाट निष्कासन गरेको छ । निर्वाचनपछि शनिबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले प्याकुरेललाई निष्कासन र दुई जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

पूर्वसांसद भूपेन्द्र थेवे र पत्नी उर्मिला थेवेलाई भने स्पष्टिकरण सोध्ने निर्णय भएको एक पदाधिकारीले बताए । तीनैजना जिल्ला कमिटी सदस्य हुन् । बैठकमा उनीहरुको उपस्थिति नरहेको एक सदस्यले बताए । थेवेद्वय काठमाडौंमा छनन् ।
प्रतिनिधिसभामा एमाले उम्मेदवार योगेश भट्टराईले निकतम प्रतिष्पर्धी कांग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार ५ सय ९१ मतान्तरले पराजित गरेका थिए । भट्टराईले २९ हजार ४ सय ७९ र दाहालले १६ हजार ८ सय ८८ मत पाएका थिए ।

प्रकाशित : पुस ८, २०७४ १७:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चितवनको पहिलो जित

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ । ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गर्दै चितवन पहिलो अंक जोड्न सफल रह्यो ।

तस्बिर : सुबास हुमागाईं

ललितपुरले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य चितवनले २० औं ओभरमा प्राप्त गरेको थियो । चितवनका लागि दीपेन्द्र सिंह ऐरी र प्रवीन गुप्ताले अर्धशतक बनाएका थिए । प्रवीन ५६ रनमा अविजित रहँदा दीपेन्द्रले ५५ रन जोडे । चितवनका योगेन्द्र सिंह कार्कीले ४ विकेट हात पारेका थिए ।

पहिलो ब्याटिङ गरेको ललितपुरले इनिङ्सको अन्तिम बलमा अलआउट हुनुअघि १ सय ३० रन जोडेको थियो । ललितपुरका लागि जयकिशन कोल्सावालाले ३१ तथा शंकर रानाले २७ रनको योगदान दिए । ललितपुरका लागि सन्नी पटेलले ३ विकेट लिए । दुवै टोलीले चार खेलमा १ जित हासिल गरेका छन् ।

तस्बिर : सुबास हुमागाईं

प्रकाशित : पुस ८, २०७४ १७:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT