२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन हुनुपर्छ : बिनाविभागीयमन्त्री शाही

काठमाडौँ — बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन हुनुपर्छ : बिनाविभागीयमन्त्री शाही

उनले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद् घटना हुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग पनि गरे ।


'सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन सरकारसँग माग गर्दछु', विज्ञप्तिमा उनले भनेका छन् ।


यस दुःखद् घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत् उनले सबैमा आग्रह गरे ।

प्रकाशित : पुस ८, २०७४ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?