२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अतिक्रमित घरटहरा हटाइँदै

सल्यान — शारदा नगरपालिकाले शान्तिनगर, श्रीनगर, बरला, डाँडागाउँ, जोलीपिपल, ठन्डीसडक, श्रीहोटल, पिपलनेटालगायत स्थानमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने अभियान सुरु गरेको छ । जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन १५ दिने सूचना जारी गरिसकेको छ । यसलाई स्थानीयले बेवास्ता गरे आफंै हटाउन थालिने नगरपालिकाले जनायो ।

अतिक्रमित घरटहरा हटाइँदै

नगरपालिका प्रमुख सुरेश अधिकारीले अतिक्रमणका कारण सडक साँघुरो भएपछि घरटहरा हटाउन थालिएको जानकारी दिए । अतिक्रमित घरटहराका कारण बजार प्रदूषित बन्दै गएको उनको भनाइ छ । त्यस्ता संरचना भत्काउन उद्योग वाणिज्य संघ, नगर विकास समिति, वन कार्यालय प्रतिनिधि सम्मिलित समिति बनाइएको नगरपालिकाले जनाएको छ । श्रीनगर बसपार्क आसपासका घुम्ती पसल १५ दिनभित्रै हटाइने र अन्य संरचना पनि बिस्तारै हटाउँदै जाने नगरपालिका स्रोतले जनायो ।

नगरका निमित्त कार्यकारी अधिकृत सुवर्णसिं ठकुरीले शान्तिनगर र श्रीनगरमा मात्रै झन्डै ४ सयभन्दा बढी रोपनी जग्गा अतिक्रमण गरिएको बताए ।

प्रकाशित : पुस ८, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?