मानव बेचबिखन गर्ने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अुनसन्धान ब्यूरोले मानव बेचबिखन मुद्दाका फरार अभियुक्तलाई सुनबहादुर तामाङलाई पक्राउ गरेको छ । 

नुवाकोट दुप्चेश्वरका तामाङलाई ब्युरोले नुवाकोटबाट पक्राउ गरेको हो । उनले २०७१ जेठमा नुवाकोटकै एक किशोरीलाई ललाई फकाई राम्रो काममा लगाई दिन्छु भन्दै भारतको दिल्ली पुर्‍याएर देह व्यापार गर्ने कोठीमा बेचेका थिए । बेचिएकी किशोरी कोठीबाट फुत्केर नेपाल फर्केपछि तामाङविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।
ब्यूरोले तामाङमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान कार्य जारी राखेको छ । ब्यूरो स्रोतका अनुसार, तामाङले अन्य युवतीलाई पनि भारत लगेर बेचेको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित : पुस ६, २०७४ १८:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ओली, दाहाल र देउवालाई मोदीको फोन

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले यसको जानकारी दिएका हुन्। भारतीय मन्त्रालयमा आज आयोजित प्रेस बिफ्रिङको क्रममा रविशकुमारले यस्तो जानकारी दिएका हुन्।
‘म यहाँ कार्यक्रममा भएको बेला टेलिफोन कुराकानी भएकाले के बिषयमा कुराकानी भयो मलाई थाहा भएन,’ उनले भनेका छन्।
मन्त्रलयमा आज आयोजित मिडिया ब्रिफिङको क्रममा रविशकुमारले उपस्थित पत्रकारहरुलाई यो जानकारी दिएका थिए।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारको मिडिया ब्रिफिङ ।

प्रकाशित : पुस ६, २०७४ १८:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT