१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वाम गठबन्धनका नेताद्वयको माग, ‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने दाबी

काठमाडौं — वाम गठबन्धनका नेताद्वयले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । रिपोटर्स क्लबमा मंगलबार भएको साक्षात्कारमा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

वाम गठबन्धनका नेताद्वयको माग, ‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

वाम गठबन्धनका नेताद्वयले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् ।

रिपोटर्स क्लबमा मंगलबार भएको साक्षात्कारमा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वाम गठबन्धनले करिब दुई तिहाई मत प्राप्त गरेकोले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ जनमतको सम्मान गर्दै नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्ने बताए । उनले अबको उद्देश्य भनेको आर्थिक समृद्धि भएकोले सबै दलबीच सहकार्य, एकता र समझदारी कायम गर्नुपर्ने धारणा राखे ।
राष्ट्रियसभासम्बन्धीको अध्यादेश एकल संक्रमणीय वा बहुमतीय व्यवस्थाभन्दा पनि बीचको बाटोबाट अघि बढाउनुपर्ने सुझाव नेता रायमाझीको सुझाव छ । उनले भने, ‘एकल वा बहुमतीयभन्दा पनि अब समझदारीबाट यसलाई टुंगो लगाउनुपर्छ ।’
यसैगरी, एमालेका युवानेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने माग गरे । ‘अब पनि उहाँ सरकारमा बसिरहने होइन, तत्काल राजीनामा दिनुपर्छ, जे निर्णय गर्ने हो ताजा मतप्राप्त गरेकाहरुले गर्ने हो’, उनले भने, ‘जनताको चाहना भनेको राजनीतिक स्थिरता र विकास हो, अहिले त्यो दिशातर्फ उन्मुख रहेको वाम गठबन्धनलाई कसरी चलखेल गर्न सकिन्छ भनेर खेल खेल्न खोजेको आभाष भइरहेको छ, राजनीतिक तोडमोडको खेल खेल्नु हुँदैन ।’
कांग्रेसलाई अरुको घरमा खेल्नुभन्दा पनि आफ्नो कमजोरीको बारेमा छलफल गर्न सुझाव उनले दिए । नेता बस्नेतले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने दाबी समेत गरेका छन् ।
उनले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभासम्बन्धीको अध्यादेश जनमतविपरीत भएकोले अहिले अध्यादेश पेस गर्ने दलसाग बहुमत नभएको जिकिर गरे । उनले भने, ‘एकल वा बहुमतीय के भन्नेबारे विवाद छ, हुन त मुलुक यतिबेला विधिले भन्दा पनि समझदारीले चल्दै आएको छ, यसमा कांग्रेसले धेरै बखेडा नगर्दा नै राम्रो हुन्छ ।’

प्रकाशित : पुस ४, २०७४ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?