२ प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं — ५० हजार रुपैयाँ घूससहित पक्राउ परेका गोंगबुका प्रहरी निरीक्षक हरिहर सुनुवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले सुनुवारसहित घूस उठाउने काममा संलग्न प्रहरी जवान वीरेन्द्रबहादुर बमविरुद्ध समेत मुद्दा दायर गरेको हो ।
गोंगबु क्षेत्रका गेस्टहाउस सञ्चालकसँग घूस मागेको उजुरीपछि अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।
प्रकाशित : पुस ४, २०७४ ०७:१३