२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बलात्कारपछि महिलाको हत्या

प्रकाश बराल

बागलुङ — बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शनिबार राति एक महिलाको शव फेला परेको छ ।

बडिगाढ ७ भीमगिठेमा कमल अधिकारीको पसलमा काम गर्दै आएकी अन्जादी ६० वर्षीया सीता लाटी भनिने मणीकर्ण जिसी नामकी महिलाको हत्या भएको प्रहरीले बतायो ।

बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शनिबार राति एक महिलाको शव फेला परेको छ ।

बडिगाढ ७ भीमगिठेमा कमल अधिकारीको पसलमा काम गर्दै आएकी अन्जादी ६० वर्षीया सीता लाटी भनिने मणीकर्ण जिसी नामकी महिलाको हत्या भएको प्रहरीले बतायो । गुल्मी घर भएकी जिसी केही वर्षदेखि भाँडा माझ्ने काम गर्दै आएकी थिइन् ।

घटनामा संलग्न भएको आशंकामा स्थानीय ३५ वर्षीय ईश्वर कामी पक्राउ परेका छन् । ‘बेलुकीको खाना पछि भाँडा माझ्न गएकी भित्र नआएपछि खोजी गर्दा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरीका प्रमुख दीपक रेग्मीले भने, ‘हराएको जानकारी पाउनासाथ स्थानीय र प्रहरीले खोजी गर्दा घरदेखि २ किमी पर बाँसको झाँङमा उनको शव भेटियो ।’

खोजीकै क्रममा शंकास्पद रुपमा भागेका कामीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको उनले बताए । कामीको शरीरमा पनि रगत लतपतिएको अवस्थामा भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले शवको पोष्टमार्टमका लागि पठाएको छ । उक्त प्रतिवेदन आएपछि घटनाको थप अनुसन्धान र पुष्टी हुनेछ । मृतकको घर ठेगाना र आफन्तको पनि प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित : पुस २, २०७४ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?