कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कांग्रेसले जितेका क्षेत्रमा पनि प्रदेशमा एमाले

मकर श्रेष्ठ

काठमाडौं — काठमाडौंको १० वटा क्षेत्रमा प्रतिनिधि सभामा ६ वटा एमालेको जीत हात पारेको छ । ४ वटा क्षेत्र मात्रै कांग्रेसले हात पारेको छ ।

कांग्रेसको १० जीतमा काठमाडौंको मात्रै ४ रहेको छ ।

काठमाडौंको १० वटा क्षेत्रमा प्रतिनिधि सभामा ६ वटा एमालेको जीत हात पारेको छ । ४ वटा क्षेत्र मात्रै कांग्रेसले हात पारेको छ ।

कांग्रेसको १० जीतमा काठमाडौंको मात्रै ४ रहेको छ । कांग्रेसले काठमाडौं १, ४, ६ र १० निर्वाचन क्षेत्रमा जीत पारेको छ । अन्य सबै क्षेत्रमा एमालेका उम्मेदवार बिजयी भएका छन् । काठमाडौंको २० वटा प्रदेश मध्ये १५ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको परिणाम अनुसार ४ वटा प्रदेशमा मात्रै कांग्रेस बिजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ क मा दिपेन्द्र श्रेष्ठ, क्षेत्र नम्बर ३ क मा छिरिङ दोर्जे लामा, क्षेत्र नम्बर ४ क मा नरोत्तम बैद्य र क्षेत्र नम्बर १० क मा पुकार महर्जन बिजयी भएका छन् ।

प्रतिनिधि सभा कांग्रेसले क्षेत्रमा प्रदेशमा भने एमालेले जितेका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशनमान सिंहले जितेपनि यो क्षेत्रको ख मा एमालेका गणेश प्रसाद दुलालले जितेका छन् ।

क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश क मा एमालले जितेका छन् । प्रदेश खको मतगणना भइरहेको छ । प्रतिनिधि सभामा माधवकुमार नेपालले दोब्बर मत अन्तरले जिते । प्रदेश सभा क मा सानुकुमार श्रेष्ठ र ख मा मणिराम फुयाल बिजयी भए । क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा एमालेले जितेपनि प्रदेश सभा क मा कांग्रेसका उम्मेदवारले जिते र प्रदेश सभा ख मा रामेश्वर फुयाल ६७ मतको अन्तरले जिते । क्षेत्र नम्बर ४ मा कांग्रेसका गगनकुमार थापाले जितेपनि प्रदेश ख मा एमालेका कुसुमकुमार कार्कीले ३ हजारको फरकमा जिते । प्रदेश नम्बर ५ मा मत गणना भइरहेको छ ।

क्षेत्र नम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधानले जितेपनि प्रदेश नम्बर ख मा एमालेका केशव स्थापितले जिते । क्षेत्र नम्बर ७ को प्रतिनिधि सभामा एमालेले जितेपनि प्रदेश ख मा कांग्रेसले जितेका छन् । प्रदेश ख मा ३४ मतको फरकले एमालेका बसन्तप्रसाद मानन्धरले जिते । उनले ८ हजार ड सय मत ल्याएका थिए भने उनका प्रतिप्रतिष्पर्धी कांग्रेसका बिजय मालीले ८ हजार ७ सय ६६ मत ल्याएका थिए । क्षेत्र नम्बर ८ मा प्रतिनिधि र प्रदेश दुबै एमालेले जितेका छन् । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको दाबेदार अष्ट लक्ष्मी शाक्यले पनि यही क्षेत्रबाट २ हजार मतको अन्तरले जितेकी हुन् । क्षेत्र नम्बर ९ मा प्रतिनिधि र प्रदेश दुबै एमालेले जितेको छ । क्षेत्र नम्बर १० को प्रतिनिधि सभामा कांग्रेसका राजेन्द्र केसीले जितेनि प्रदेशको ख मा एमालेकी रमा आले मगरले जितेकी छिन् ।

जसले १९ मतले जिते
काठमाडौं–काठमाडौ क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा प्रकाशनमान सिंहले जितिसकेका थिए । यही क्षेत्रको प्रदेश सभा ‘ख’ मा एमालेका गणेशप्रसाद दुलाल र कांग्रेसका सुरजचन्द्र लामिछाने मुख्य प्रतिष्पर्धी थिए । मतगणनाको क्रममा दुलाल र लामिछानेको मतअन्तर कमै थियो । दुई सय १० मा झरेपछि दुलालले आफू हार्छुभन्दै हरेस खाइसकेका थिए । मत गणना लामिछानेको टोलको मत गनिरहेको थियो । कमल नेत्र छुन्नामुन्ना विद्यालयको बुथको मत गणना हुदा लामिछानेले दुलालसंग मत अन्तर घटायो । एमाले क्षेत्र नम्बर १ का संयोजक दुलालले ४ हजार २ सय ४२ र लामिछानेले ४ हजार २ सय २३ मत ल्याए । १९ मतले दुलालले जित हासिल गरे । स्थानीय निर्वाचनमा यो बुथबाट एमालेलाई बढी मत आएको थियो भने अहिले कांग्रेसले बढी पाए ।

काठमाडौं क्षेत्र नम्बर ७ मा बसन्तप्रसाद मानन्धरले ३४ मतले जितेका हुन् । मानन्धरले ८ हजार ८ सय मत ल्याएका थिए भने उनका प्रतिष्पर्धी कांग्रेसका बिजयबहादुर मालीले ८ हजार ७ सय ६६ मत ल्याएका छन् । काठमाडौं क्षेत्र नम्बर ३ ‘ख’ का रामेश्वर फुयालले ६७ मतले जितेका छन् । फुयालले १० हजार ८ सय ८६ र उनका प्रतिष्पर्धी कांग्रेसका १० हजार ८ सय १९ मत ल्याएका थिए ।

प्रकाशित : मंसिर २४, २०७४ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?