कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अखिल (क्रान्तिकारी)ले गर्‍यो सीटीइभीटीमा तालाबन्दी

कान्तिपुर संवाददाता

काठमाडौं — करोडौंको चलखेल गरेर नियमविपरीत सम्बन्धन बाँड्न लागेको भन्दै अखिल (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)मा तालाबन्दी गरेको छ ।

अखिल (क्रान्तिकारी)ले गर्‍यो सीटीइभीटीमा तालाबन्दी

शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रत्यक्ष सम्लग्नतामा सीटीइभीटीअन्तर्गत करिब दुई दर्जनभन्दा बढी विवादास्पद कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै क्रान्तिकारीले शुक्रबार तालाबन्दी गरेको हो । क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरुले सीटीईभीटीमा ताला लगाउनुका साथै महत्वपूर्ण कागजात नियन्त्रणमा लिएका छन् ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव एवं सीटीइभीटी समन्वय समितिका अच्युत भट्टले सम्बन्धन दिने निर्णय गरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए । उनले शुक्रबार बसिरहेको सीटीइभीटीको परिषद् बैठकले सम्बन्धन दिने निर्णय नगरे नियन्त्रणमा लिएको कागजात फिर्ता गरिने बताए ।

शैक्षिकसत्र सुरु भएको एक महिना बितिसकेको र अर्कातिर निर्वाचन आचारसंहिता लागिसकेको स्थितिमा आर्थिक प्रलोभनमा दिन लागिएको सम्बन्धनको तयारी आफैंमा अवैध र गैरकानुनी रहेको ठहर गरिएको छ । करोडौंको आर्थिक चलखेलसहित गरिन लागिएको सम्बन्धनको तयारीलाई तत्काल फिर्ता गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको छ ।

प्रकाशित : आश्विन २०, २०७४ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?