सिरहा नगरपालिकामा संघीय समाजवादी फोरम विजयी- समाचार - कान्तिपुर समाचार

सिरहा नगरपालिकामा संघीय समाजवादी फोरम विजयी

भरत जर्घामगर

सिरहा — सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम विजयी भएको छ । उपमेयरमा एमाले विजयी भएको छ ।

मेयरमा संघीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादव ९२३४ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका नविन कुमार यादवले ९०६३ मत ल्याए । 

उपप्रमुखमा एमालेकी डा. नमिता यादवले ९१६१ मत ल्याई विजयी भइन् । निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमकी शोभादेवीले८९९० मत प्राप्त गरिन्।

सिरहामा १७ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । 

सार्वजनिक नतिजा अनुसार माओवादी केन्द्रले ६, संघीय समाजवादी  फोरमले ५, एमालेले ४ र कांग्रेसले २ स्थानमा जित हासिल गरेको छ ।

त्यसैगरी ८ नगरपालिका मध्ये माओवादी केन्द्रले ४, एमालेले २, कांग्रेस १ र संघीय समाजवादी फोरमले  १ नगरपालिकामा जित हासिल गरेको छ ।

प्रकाशित : आश्विन ८, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्

मेरो दसैं

शरद् ऋतुसँगै फेरिदसैं आयो साथी,निधारमा रातो टीकाजमरा शिरमाथि ।

शरद् ऋतुसँगै फेरि
दसैं आयो साथी,
निधारमा रातो टीका
जमरा शिरमाथि ।

नयाँ नयाँ नाना लगाई
मीठोमीठो खान्छु,
बाबा आमासँगै म नि
मामाघर जान्छु ।

पिङ खेल्छु साथीसँग
गर्छु चंगा चेट,
सानाठूला सबैसँग
हुन्छ मेरो भेट ।

मान्यजनको हातबाट
राता टीका थाप्छु,
पैसाभन्दा धेरै मैले
आशीर्वाद माग्छु ।

इष्टमित्र, नातागोता
सबैलाई भेट्छु,
सँगै बसी यो दसैंमा
मनको न्यास्रो मेट्छु ।
यामनारायण कोइराला, कक्षा–६
नवोदित विद्याकुञ्ज स्कुल, सामाखुसी, काठमाडौं

प्रकाशित : आश्विन ८, २०७४ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×