किन पदच्युत भए आयल निगमका कार्यकारी निर्देशक खड्का ?

कृष्ण ज्ञवाली

काठमाडौं — नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदबाट पदच्युत गरेको छ । आयल निगमको पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर सहित संसदीय समितिहरुले दिएको निर्देशनका आधारमा मन्त्रिपरिषद बैठकले पदच्युतको निर्णय गरेको हो ।

किन पदच्युत भए आयल निगमका कार्यकारी निर्देशक खड्का ?

डेढ अर्बभन्दा बढीको खेल 
नेपाल आयल निगमको जग्गा खरिदका करिव सवा अर्ब रुपैयाँ अनियमितता भएको भन्ने प्राम्भिक निष्कर्ष देखिएपनि पछि विस्तृत छानविन हुँदा त्यो रकम डेढ अर्ब रुपैयाँभन्दा बढी भएको संसदीय समितिहरुको निष्कर्ष छ । 

स्थानीय बासिन्दाबाट सस्तोमा जग्गा खरिद गरी विचौलियाको प्रयोग मार्फत महँगोमा जग्गा किनेर आरोप खड्कामाथि थियो । 

त्यतिबेला प्रचलित मूल्यको ६ गुणासम्म महँगोमा जग्गा बिक्री गरिएको थियो । 

मन्त्रिपरिषदले खड्कालाई जग्गा खरिदकै अनियमितताको आरोपमा बर्खास्त गरेपछि खड्कामाथिको आरोप भने जग्गा खरिदमा सीमित छैन । आयल निगमका दर्जनौं विवादमा खड्का मुछिएका थिए । तीमध्ये केही उदाहरण निम्न छन् : 

आयल निगमले अत्यधिक नाफाका लागि कार्यविधि विपरित इन्धनको मूल्य बढाएको थियो । 

विदाका दिनमा समेत मिलेमतोका कारण इन्धन अभाव बनाउन थालिएको थियो । 

गुणस्तरहीन इन्धन वितरणको आरोपबाट समेत उनी मुक्त थिएनन् । 

सडक कार्यालयको प्रमुख हुँदा गरेका कामकारवाहीका कारण आयल निगममा उनको नियुक्ती समेत निकै विवादित बनेको थियो । 

 

प्रकाशित : आश्विन २, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?