१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजपा नेता महतोले भने, 'निर्वाचनको सकारात्मक वातावरण बन्दैछ'

महेन्द्रनगर (धनुषा) — राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् ।

राजपा नेता महतोले भने, 'निर्वाचनको सकारात्मक वातावरण बन्दैछ'

बाढी प्रभावित मधेसका जिल्लामा राहत वितरण गर्न आएका नेता महतोले सञ्चारकर्मीसँग कुरा गर्दै मधेस समस्या समाधानका लागि यही भदौ ५ गते हुने मतदानमा सम्पूर्ण दललाई सहभागी हुन आह्वान गरे । उनले मधेसका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि रु २६ अर्बको माग गरेकामा सरकारले रु एक अर्ब निकासा गरे पनि सम्बन्धित जिल्लामा पुग्न नसकेको बताए । राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने उनको माग छ । रासस

प्रकाशित : भाद्र ३, २०७४ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?