२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

प्रहरी 'ईन्काउन्टर'मा एक युवकको मृत्यु

दिपेन्द्र विष्ट

काठमाडौं — ललितपुरको कुसुन्तीमा प्रहरीको गोली लागि एक युवकको मृत्यु भएको छ । प्रहरीको गोली लागि कुसुन्ती–१३ का प्रविण खत्रीको ज्यान गएको हो । लागू औषध र अवैध हतियारको कारोबारी भएको आशंकामा खानतलासी गर्न महानगरिय प्रहरी अपराध महाशाखा टेकुको टोली उनको घर पुगेको थियो ।

प्रहरी 'ईन्काउन्टर'मा एक युवकको मृत्यु

ललितपुरको कुसुन्तीमा प्रहरीको गोली लागि एक युवकको मृत्यु भएको छ । प्रहरीको गोली लागि कुसुन्ती–१३ का प्रविण खत्रीको ज्यान गएको हो ।

लागू औषध र अवैध हतियारको कारोबारी भएको आशंकामा खानतलासी गर्न महानगरिय प्रहरी अपराध महाशाखा टेकुको टोली उनको घर पुगेको थियो ।

प्रहरीले घर घेराउ गरेको थाहा पाएपछि खत्री दुई हातमा पेस्तोल बोकेका कौशीबाट हाम्फालेर भाग्न खोजेको अपराध महाशाखाका प्रवक्ता प्रकाशजंग कार्कीले बताए ।

‘खत्री गोली हान्दै कौशीबाट हाम्फालेर भाग्न खोजे । हाम्रो तर्फबाट पनि फायरिङ भयो’, उनले भने,‘हामीले फायरिङ गर्दा घाइते भएका खत्रीको उपचारको क्रममा पाटन अस्पतालमा ज्यान गयो ।’

यसअघि महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता ईश्वर कार्कीले भने खत्रीले आफैंले कञ्चटमा गोली हानेर आत्महत्या गरेको दाबी गरेका थिए ।

तस्विर: कविन अधिकारी/कान्तिपुर ।

प्रकाशित : श्रावण २३, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?