भरतपुर महानगर मेयरका उम्मेदवार ज्ञवालीका छोरा पक्राउ

दिपेन्द्र विष्ट

काठमाडौं — चितवन भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवाली प्रकाउ परेका छन् । निरभलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।

भरतपुर महानगर मेयरका उम्मेदवार ज्ञवालीका छोरा पक्राउ

चितवन भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवाली प्रकाउ परेका छन् ।

निरभलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । महाशाखाका एसपी प्रकाशजंग कार्कीले पक्राउ परेका ज्ञवालीलाई साइबर अपराधमा मुद्दा चलाइएने जानकारी दिए । उनलाई अहिले महाशाखामा राखिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भनेर निरभविरुद्ध भरतपुर महानगरमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालले प्रहरीमा उजुरी दिएकी थिइन् । दाहालको उजुरीका आधारमा ज्ञवाली प्रकाउ परेका हुन् ।

प्रकाशित : श्रावण १८, २०७४ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?