कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘केसीका मागलाई प्राथमिकता दिन्छु’

कान्तिपुर संवाददाता

काठमाडौं — नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा.गोविन्द केसीका मागलाई प्राथमिकता दिने बताएका छन्।

केसी चिकित्सा शिक्षा र सेवामा विभिन्न सुधारको मागसहित गत सोमबारदेखि त्रिवि शिक्षण अस्पताल हातामा ११ औं पटक आमरण अनशन गरिरहेका छन्।

बुधबार स्वास्थ्य मन्त्रालयमा पदभार सम्हालेपछि पोखरेलले आधारभूत स्वास्थ्य सेवा दृढतापूर्वक कार्यान्वयन गराउने उल्लेख गर्दै नसर्ने रोगका लागि थप रणनीति आवश्यक रहेको पनि बताए। यसैबीच पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार डा.केसीसँग भेटी उनको अनशनमा आफ्नो प्रतिबद्घता जनाएका छन्। 

प्रकाशित : श्रावण १२, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?