कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिरोको जोखिममा रहेका बस्ती सार्न माग

रीगाउँ (धादिङ) — पहिरो पीडितलाई राहत र खाद्यान्न लिएर रीगाउँ गएका प्रमुख जिल्ला अधिकारी महेश आचार्यलाई गंगाजमुना गाउँपालिका पदाधिकारीहरुले घेरेर वस्तीनै सारी दिन आग्रह गरेका छन् ।

पहिरोको जोखिममा रहेका बस्ती सार्न माग

गाउँपालिका प्रमुख बलबहादुर अधिकारी र उपप्रमुख एन्जिला तामाङलगायत सवै वडा प्रमुखहरुले प्रजिअलाई भेटेका थिए । गत मंगलबार गएको पहिरोले पुरेका घर र पहिरो सिरानमै रहेको ठूलो वस्ती पुन्द्रुङ्ग देखाउँदैं गाउपालिका पदाधिकारीहरुले तत्काल वस्ती नसारे हरेक वर्ष भूकम्प पीडितहरुले त्रासमै बस्नुपर्ने बताएका थिए । पहिरोले रीगाउँ उच्च माध्यमिक विद्यालयसमेत जोखिममा परेकोछ । 

विनासकारी भूकम्पपछि विकट बस्ती रीगाउँका ररिचेत, किचेत, किन्चेतलगायत ४ विभिन्न वस्तीहरु चर्केर, पहिरोले बस्न अयोग्य भन्दै भूगर्भविद्हरुले अन्तै सार्न सिफारिस गरेका थिए । जिल्लाका बस्ती सार्ने ८ वटा वस्तीहरुमध्ये ४ वटा रीगाउँ र ४ वस्ती लापाकामा पर्छन् । 

पहिरा झर्नथाले पछि गत मंगलबार बिहान गंगाजमुना २ पुन्द्रुङ्गका १७ घरपरिवारले वस्ती छाडे लगत्तै बुधवार बिहान ८ घर पहिरोले पुरेको थियो । 

‘भूगर्भविद्हरुले बस्ती सार्न सिफारिस गरे पनि सार्ने बस्तीहरुलाई कुन स्थानमा लैजाने भन्ने स्थानको  निधो नभएको र बस्ती बसाल्ने स्थानको पनि भौगर्भिक अध्ययन नभएकाले ढिलाई भएको’, सहायक प्रजिअ लिलाधर अधिकारी बताए । अधिकारीका अनुसार ‘अब निर्वाचित स्थानीय निकायले सार्नुपर्ने वस्तीहरु र कुन स्थानमा सार्दा उपयुक्त हुन्छ सोही स्थानको छनौट गरी सिफारिस गर्छ अनि सोही अनुरुप पुनर्निमाण प्राधिकरणले बस्ती सार्ने पहल गर्नेछ । 

गत मंगलवारको पहिरोबाट पीडितहरु छिमेकीकोमा शरण लिए पनि लत्ता कपडा र दैनिक उपभोग्य खाद्यान्नको कमी भएपछि प्रजिअ आचार्यले प्रति परिवार १० हजार नगद  वितरण गरेका थिए । नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ लगायत स्थानीय तथा अन्र्तराष्ट्रिय गैससहरुको सहयोगमा संकलित एक महिनालाई पुग्ने दाल चामल, लगायतका खाद्यान्न र टेन्ट, कम्वल, खाना पकाउने भांडाकुंडा वितरण गरिएको थियो ।

 

 

प्रकाशित : श्रावण ५, २०७४ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?