खोटाङको फरक ठाउँमा दुई बम फेला- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङको फरक ठाउँमा दुई बम फेला

कान्तिपुर संवाददाता

खोटाङ — छुट्टाछुट्टै स्थानमा दुई वटा बम फेला परेको छ । लामीडाँडा गाउँपालिकाको वडा नं–५ स्थित गंगोदय मावि मतदान केन्द्र नजिकै अहिले विहान करिब ३ बजे बम फेला परेको हो ।

मतदान केन्द्रको करिब चार सय मिटर पूर्वमा फेला परेको बम नेपाली सेनाको शेर गण मुढे ब्यारेकको डिस्पोजल टोलीले डिस्पोज गराउन प्रयत्न गरिरहेको छ । कुन विस्फोटक पदार्थ भन्ने खुलिनसकेको नेपाली सेनाका प्रमुख सेनानी डम्बरबहादुर मगरले बताए ।

त्यस्तै रुपाकोट मझुवागढी नगरपालिका वडा नं–७ मा हिजो बेलुकी फेला परेको सुतली बम गएराती नै नेपाली सेनाले डिस्पोज गराएको थियो ।

प्रकाशित : असार १४, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

भोट हाल्न जिल्ला बाहिर बस्ने नेताहरु आए

कान्तिपुर संवाददाता

भोजपुर — निर्वाचनमा भोट खसाल्नका लागि जिल्लाबाहिर रहेका पूर्वमन्त्रीहरु, सांसदहरु, गृह जिल्ला आइसकेका छन् ।

पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राईले आमचोक गाउँपालिका–३ थिदिखांको केन्द्रबाट र पूर्व पर्यटन तथा उड्यनमन्त्री कृपाशुर शेर्पाले बोखिम मतदान केन्द्रबाट भोट हालेका छन् । उनले जन्मथलो भोजपुर नगरपालिकाको वडा नं. ५ बोखिममा रहेको पन्चकन्या माध्यामिक बिद्यालयको मतदान केन्द्रबाट मत दिए । उक्त मतदान केन्द्रबाट सबैभन्दा पहिला उनैले मतदान गरेका हुन् ।

यस्तै, माओवादी केन्द्रका पूर्वसभासद् सुदन किराँतीले रामप्रसाद राई गाउँपालिका ओख्रे मतदान केन्द्रबाट, एमालेकी समानुपातिक सांसद जयन्ती राईले अन्नपूर्ण मतदान केन्द्रबाट, संघिय समाजवादीका केन्द्रीय उपाध्यक्ष हेमराज राईले ट्याम्के मैयुङ गाउँपालिका–३ अन्नपूर्ण मतदान केन्द्रबाट र केन्द्रीय सचिव अजम्बर काङमाङ राईले नागी मतदान केन्द्रबाट मतदान गदैछन् ।

प्रकाशित : असार १४, २०७४ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×