कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

आफैंले बोकेको बम पड्किँदा एकको मृत्यु

डिआर पन्त

धनगढी — आफ्नै झोलामा राखेको बम विष्फोट हुँदा गतराति धनगढीमा एक युवकको ज्यान गएको छ ।

माओवादी विप्लव समूहका विशेष व्युरो सदस्य चन्द्र सिंहले झोलामा बोकेको बम पड्कँदा सोमबार राति १० बजे खानेपानी टोलमा उनको ज्यान गएको हो ।

आफैंले बोकेको बम पड्किँदा एकको मृत्यु

आफ्नै झोलामा राखेको बम विष्फोट हुँदा गतराति धनगढीमा एक युवकको ज्यान गएको छ ।

माओवादी विप्लव समूहका विशेष व्युरो सदस्य चन्द्र सिंहले झोलामा बोकेको बम पड्कँदा सोमबार राति १० बजे खानेपानी टोलमा उनको ज्यान गएको हो ।

‘बम बोकेर होटेल भित्र छिर्न खोज्दा पड्केको र सिंहको ज्यान गएको हो,’ कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले भने, ‘प्रहरीले उपचारका लागि सेती अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो’ ।

निर्वाचनलाई लक्षित गरि पड्काउन बम बोकेको हुन सक्ने चन्दले जानकारी दिए ।

पहाड घर बझांग भएका उनी हाल धनगढी उपमहानगर जुगेडा बस्दै आएका थिए उनले बोकेको बम रिमोटबाट पड्काउन मिल्ने खालको भएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित : असार १३, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?