एक लाख २५ हजार घूससहित सवइन्जिनियर पक्राउ

शाहीमान राई

पाँचथर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट आएको टोलीले जिल्ला शिक्षा कार्यालय पाँचथरमा कार्यरत एकजना सवइन्जिनियर घूस लिँदालिँदै पक्राउ गरेको छ । इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलबार १० बजेतिर जिल्ला शिक्षा कार्यालय पुग्दा रकम लेनदेन गरेको प्रमाणसहित सवइन्जिनियर मनोजकुमार यादव पक्राउ परेका हुन् ।

एक लाख २५ हजार घूससहित सवइन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट आएको टोलीले जिल्ला शिक्षा कार्यालय पाँचथरमा कार्यरत एकजना सवइन्जिनियर घूस लिँदालिँदै पक्राउ गरेको छ ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलबार १० बजेतिर जिल्ला शिक्षा कार्यालय पुग्दा रकम लेनदेन गरेको प्रमाणसहित सवइन्जिनियर मनोजकुमार यादव पक्राउ परेका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं २ माङजाबुङस्थित सिद्धसरस्वती माविको नवनिर्मित भवनको कार्यसम्पन्न प्राविधिक प्रतिवेदन बनाइदिएबापत एक लाख २५ हजार रुपैयाँ घूस लिएको रकमसहित मंगलबार पक्राउ गरेको इटहरीस्थित अख्तियार कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश विष्टले बताए । शिक्षा कार्यालयले उक्त विद्यालयलाई चार कोठे पक्की भवन निर्माणको लागि २४ लाख रुपैयाँ अनुदान दिएको थियो ।

प्रकाशित : असार ६, २०७४ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?