१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्यान्सर अस्पताल सञ्चालनमा

ललितपुर — नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले शनिबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ ।
अस्पतालमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सेन्टरको सेवा औपचारिक सुरुवात गरिन् ।

क्यान्सर अस्पताल सञ्चालनमा
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन
  • २६ रोपनीमा ३० शय्या
  • राजीव गान्धी क्यान्सर हस्पिटलको प्राविधिक सहयोग

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले शनिबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ ।

अस्पतालमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सेन्टरको सेवा औपचारिक सुरुवात गरिन् । हरिसिद्घिस्थित ५० शय्या क्षमतासहित २६ रोपनीमा रहेको उक्त अस्पताल निजी क्षेत्रबाट सञ्चालित हो । भारत, नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा स्थापित एवं आबद्घ अस्पतालमा क्यान्सरसम्बन्धी उपचारात्मक र निदानात्मक सबै सेवा प्रदान गरिन्छ । ६ महिनाभित्रै थप एक सय शय्या थप्ने उल्लेख गर्दे अस्पतालका कार्यकारी अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठले भने, ‘क्यान्सर निको हुन सक्छ भन्ने नारालाई मूल मन्त्र बनाई हामी कार्यरत छौं ।’ राज्यले विशेष सुविधा दिए अस्पतालको उपचार सस्तो गर्न सकिने उल्लेख गर्दै डा. श्रेष्ठले आगामी दिनमा क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यता न्यून पार्दै लानेसमेत उल्लेख गरे ।

क्यान्सरसँगको लडाइँ कठिन भए पनि असम्भव भने नरहेको उल्लेख गर्दै स्वास्थ्यमन्त्री गगन थापाले जीवनशैली र आहारबिहारसँग जोडिएको रोगहरूको न्यूनीकरणका लागि व्यक्तिगत प्रयाससमेत अपरिहार्य रहेको बताए । मुलुकमा बर्सेनि १५ हजार नयाँ क्यान्सर बिरामी थपिने गरेको आँकडा छ । विश्वमा बर्सेनि करिब एक करोड ४१ लाख क्यान्सरका नयाँ बिरामी देखिने र ८२ लाखको यही रोगले बर्सेनि मृत्यु हुने अनुमान गरिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?