कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लिखु गाउँपालिकाको नाम र केन्द्र फेर्ने निर्णय

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको लिखु गाउँपालिकामा निर्वाचित पदाधिकारीको पहिलो बैठकले गाउँपालिकाको नाम र केन्द्र फेर्ने निर्णय लिएको छ ।गाउँ कार्यपालिकाले पूर्णता पाएपछि बिहीबार अपरान्ह भएको बैठकले उक्त निर्णय लिएको हो । लिखु गाउँपालिकाको नाम फेरेर ‘लिखु तामाकोसी’ गाउँपालिका बनाउने र केन्द्र बिजुलीकोटको कोटगाउँबाट धोविमा सार्ने निर्णय भएको गाउँकार्यपालिकाका सदस्य सुवास बोहोराले बताएका छन् ।

सरकारले दिएको निर्देशनमा कुनै स्थानीय तहको नाम र केन्द्र फेर्नुपरेमा निर्वाचित पदाधिकारीको बहुमतबाट निर्णय गराई नेपाल सरकारसमक्ष सिफारिस गर्ने र त्यस्तो सिफारिस प्राप्त भएमा नेपाल सरकारले स्थानीय तहको नाम र केन्द्र नेपाल राजपत्रमा सूचना प्रकाशित गरी परिवर्तन गर्न सक्ने उल्लेख छ ।


रामेछाप र ओखलढुंगा जिल्लाको सीमा भएर बग्ने लिखु नदीको नामबाट गाउँपालिकाको नाम राखेकोमा तामाकोसीतर्फका बासिन्दाको असन्तुष्टि थियो । त्यसमाथि सिमाना जोडिएको ओखलढुंगामा पर्ने गाउँपालिकाको नाम पनि लिखु नै रहेकाले सर्वसाधारणलाई असहज भएको थियो ।

सरकारले गाउँपालिका गठनपछि अस्थायी रुपमा कायम गरेको केन्द्रको हकमा भने स्थापना गर्नुभन्दा अघि नै दलहरुको सहमति धोविमा नै राख्ने निर्णय थियो । तर, सरकारको निर्णय कार्यान्वयनका लागि केन्द्र कोटगाउँमा राखिएको थियो ।

प्रकाशित : जेष्ठ १९, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?