१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजविराजमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप

अवधेशकुमार झा

राजविराज — राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्न लगएका राष्ट्रिय जनता पार्टी, नेपालका कार्यकर्तालाई प्रहरीले रोकेको छ ।

प्रहरीले तालाबन्दीमा अबरोध गरेपछि झडप भएको छ ।

राजविराजमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप

राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्न लगएका राष्ट्रिय जनता पार्टी, नेपालका कार्यकर्तालाई प्रहरीले रोकेको छ ।

प्रहरीले तालाबन्दीमा अबरोध गरेपछि झडप भएको छ । झडपमा राजपा कार्यकर्ता सतिशकुमार सिंह घाइते भएका छन् । उनको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको छ ।

ठूलो संख्यामा उपस्थित भएका प्रहरीले राजपा कार्यकर्तालाई तालाबन्दी गर्न दिएको छैन । तर, आन्दोलनकारीले जसरी पनि तालाबन्दी गर्ने भन्दै अड्डी कसेर बसेका छन् ।

राजपासमेत रहेको संघीय गठबन्धनको केन्द्रीय आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार देशभरका स्थानीय निकायमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने थियो ।

आन्दोलनमा पहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेको संघीय समाजवादी फोरम भने सहभागी छैन ।

प्रकाशित : जेष्ठ १६, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?