रन्जुले भनिन्,‘काठमाडौंको विश्वासले विजयी भयौं’

काठमाडौं — विवेकशील नेपाल दलबाट काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार रन्जु दर्शनाले आफू र आफ्नो पार्टीले काठमाडौंवासीबाट विश्वासको मत पाएको बताएकी छन् ।

रन्जुले भनिन्,‘काठमाडौंको विश्वासले विजयी भयौं’

नयाँबानेश्वरमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले महानगरको मेयरमा विजयउन्मुख एमालेका विद्यासुन्दर शाक्यलाई बधाई दिँदै भनिन्, ‘मतका आधारमा पछि रहे पनि काठमाडौंको विश्वासका आधारमा हामी विजयी भयौं ।’

काठमाडौं महानगरको बिहीबार बेलुकीसम्मको मत परिणाममा विवेकशील तेस्रो शक्तिका रूपमा देखिएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७४ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?