रासस महाप्रबन्धकमा शर्मा

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उनलाई नियुक्त गरेको हो ।

रुकुमका शर्मा ऊर्जामन्त्री जनार्दन शर्माका भाइ हुन् । त्यसै गरी सरकारले व्यापार तथा निर्यात प्रवर्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरेको छ । 

 

प्रकाशित : जेष्ठ ९, २०७४ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्

चाँगुको मतगणना अन्योलमा

भक्तपुर

काठमाडौं — दलहरूबीच विवादका कारण चार दिनदेखि रोकिएको चाँगुनारायण नगरपालिकाको मतगणना थप अन्योलमा धकेलिएको छ । पटकपटक छलफल भए पनि दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा शुक्रबारदेखि रोकिएको गणना अझै सुरु हुन सकेको छैन ।

सहमति हुन नसकेपछि बुधबारका लागि पुन: सर्वपक्षीय बैठक आहवान गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । 

दलहरूबीच विवाद बढेपछि कार्यालयले मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगलाई पत्राचार गरेको थियो । आयोगले सोमबार साँझ मतपरिणाम घोषणा हुन बाँकी वडाका हकमा पुन: मतगणना गर्न सकिने तर दलको सहमति लिएर निर्णय गर्नू भन्ने जवाफ पठाएपछि मंगलबार सर्वपक्षीय बैठक बसेको थियो । बैठक बिनानिष्कर्ष टुंगिएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले बताए । 

कांग्रेसले ३ र ४ वडाको मात्र पुन: मतगणना गर्नुपर्ने माग राखेको छ । एमालेले भने कांग्रेस विजयी भइसकेको वडा १ देखि ४ सम्मकै गणना गर्नुपर्ने अडान राखेको छ । कांग्रेस, नेमकिपा, राप्रपा, नयाँ शक्ति र माओवादी केन्द्रले मतगणनामा संलग्न कर्मचारी एमाले समर्थित रहेका कारण एमालेको मत बढी देखाइएको आरोप लगाएका छन् । 

पटक–पटकको वार्ता र बैठकपछि पनि दल सहमतिमा नपुगेको भन्दै मतदाताले नाराजुलुस गरेका छन् । ९ वटा वडा रहेको नगरपालिकामा १ देखि ४ नम्बरसम्मको मतगणना भइसकेको छ । तीमध्ये १ र २ कांग्रेस तथा ३ र ४ एमालेले जितेका छन् । 

प्रकाशित : जेष्ठ ९, २०७४ २१:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×