३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपाल र भारत सरकारको सम्झौताबाट बल्ब खरिद : ऊर्जामन्त्री

सल्यान — ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताएका छन् । गृहजिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन ।

नेपाल र भारत सरकारको सम्झौताबाट बल्ब खरिद : ऊर्जामन्त्री

ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताएका छन् ।

गृहजिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन । उनले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन दिए ।

उनले सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागिएको बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाई लक्षित गर्दै दलहरुलाई संयमित हुन आग्रह गरे ।

प्रकाशित : वैशाख २६, २०७४ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?