अनुशासन उल्लंघन गरेको भन्दै सिलवालसँग स्पष्टीकरण माग

कान्तिपुर संवाददाता

काठमाडौं — प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआईजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको छ । महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन् ।

ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९ मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी नभएर डीआईजी सिलवालले प्रहरीको नियम र चेन अफ कमान्ड उल्लंघन गरेकामा स्पष्टीकरण सोधिएको हो । ‘संगठनको अनुशासन र प्रहरी नियम उल्लंघन गरेकामा तपाईंमाथि कारबाही किन हुनु नपर्ने हो लिखित स्पष्टीकरण पेस गर्न’ भन्दै प्रहरी प्रधान कार्यालयले सिलवाललाई लेखेको पत्रमा उल्लेख छ ।

प्रकाशित : वैशाख ७, २०७४ ०७:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कुवेतमा महिलाको मृत्यु

कान्तिपुर संवाददाता

अर्घाखाँची — सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट कुवेतको साल्मियास्थित गल्फ रोडमा .वाङ्लाकी ३० वर्षीया जबुना पाण्डेको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । एक वर्षदेखि रोजगारका लागि पाण्डे श्रीमान्सँगै कुवेत गएकी थिइन् । उनको शव दूतावासमार्फत नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित : वैशाख ७, २०७४ ०७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×