बस र ट्रक ठोक्किँदा ५ यात्रुको मृत्यु

नवीन पौडेल

नवलपरासी — नवलपरासीको मध्यविन्दु-७ स्थित ४० किलो जंगलमा भारतीय ट्रक र बस ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ५ जना घाइते भएका छन ।

बस र ट्रक ठोक्किँदा ५ यात्रुको मृत्यु

नवलपरासीको मध्यविन्दु-७ स्थित ४० किलो जंगलमा भारतीय ट्रक र बस ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ५ जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान साढे २ बजेतिरको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ३९९५ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठक्कर खादा बसमा सवार ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने ट्रकका चालकको उद्धार गर्नेक्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दाङ का १६ वर्षीय राम चौधरी, विरवल चौधरी , सुर्खेतका ३८ वर्षीय हरी राम्जाली मगर रहेका छन् र भारतीय ट्रकका चालक भारत बिहारको बर्गदवा बस्ने २५ वर्षीय रियाज खान रहेका छन् । मृतक मध्ये एक पुरुषको सनाखत भएको छैन् ।

घाइते ५ जनाको अहिले कावासोती १६ को डण्डामा रहेको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र १९, २०७३ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?