७ सय ४४ स्थानीय तहलाई एक, एक करोड अनुदान

काठमाडौं — सरकारले पुनर्संरचना गरिएका स्थानीय तहलाई एक/एक करोडका दरले अनुदान दिएको छ । अर्थ मन्त्रालयले मुलुकका ७ सय ४४ स्थानीय तहलाई अनुदान रकम निकासा गरेको हो । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले भौतिक पूर्वाधार विकासका लागि स्थानीय तहलाई रकम निकासा गरेको बताए ।

७ सय ४४ स्थानीय तहलाई एक, एक करोड अनुदान

सरकारले पुनर्संरचना गरिएका स्थानीय तहलाई एक/एक करोडका दरले अनुदान दिएको छ ।

अर्थ मन्त्रालयले मुलुकका ७ सय ४४ स्थानीय तहलाई अनुदान रकम निकासा गरेको हो । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले भौतिक पूर्वाधार विकासका लागि स्थानीय तहलाई रकम निकासा गरेको बताए । उनले अनुदानले जनतालाई स्थानीय निकायको पुन:संरचना भएको अनुभूति दिने दाबी गरे ।

स्थानीय तहको पुन:संरचना भए पनि आवश्यक रकम नहुँदा, स्थानीय तहको पुन:संरचना बोर्डमा मात्र सीमित नहोस् भनेर रकम दिइएको अर्थमन्त्री महराले बताए ।

प्रकाशित : चैत्र ९, २०७३ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?