कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टीकापुर घटनाकाे दाेषी मधेसी नेता हुन् : खनाल

गणेश चौधरी

टीकापुर — एमाले नेता झलनाथ खनालले एमालेले अहिलेको संविधान संशोधन हुन नदिने बताएका छन् । मधेसी मोर्चाले संविधान संशोधनका लागि उठाएका संघीयता, नागरिकता लगायतको ४ वटा विषय राष्ट्रको हितमा नरहेको बताए ।

टीकापुर घटनाकाे दाेषी मधेसी नेता हुन् : खनाल



उनले भने, ‘संविधान संशोधन हुन्न । एमालेले संविधान संशोधन हुन दिन्नौं ।’ एमालेको मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्तर्गत टीकापुरको सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता खनालले भारतको निर्देशनमा मधेसी नेताहरुले संविधान संशोधनको कुरा ल्याएको आरोप लगाए । उनले भने, ‘मधेसी नेताहरुले निर्वाचन अघि संविधान संशोधन गर भनिरहेका छन् । यो हामीलाई मान्य हुन्न ।’

मुठ्ठीभर मधेसी नेताहरु संविधान कार्यान्वयन हुन नदिन टाउको उठाइरहेका उनले उनले आरोप लगाए । उनले भने, ‘संविधान कार्यान्वयन नहोस भनेर ३ तहको निर्वाचन हुन नदिन मधेसी नेताहरु लागि परेका छन् ।’

चुनाव गराउन यो सरकारले खुट्टा कमाइरहेको पनि उनले आरोप लगाए । उनले भने, ‘एमालेको दवावले मात्र यो सरकारले निर्वाचन घोषणा गरेको छ । मधेसी नेताहरुले भारतीय निर्देशनमा चुनाव भन्दा पहिला संविधान संशोधन गर भनिरहेका छन् ।’

मधेसी नेता असहिष्णु
एमाले नेता झलनाथ खनालले मोर्चा असहिष्णु भएर अगाडि आइरहेको आरोप लगाए । उनले भने, ‘सभा सम्मेलन गर्ने/सहभागी हुने संविधान प्रदत्त मौलिक हक विरुद्ध मधेसी नेताहरु आइरहेका छन् ।

राजविराज घटनामा एमाले होइन मधेसी नेताहरु दोषी छन् । ५ जनाको हत्यामा हामी दुखी छौं । मधेसी मोर्चा यसमा जिम्मेवार छ । उनीहरुले जिम्मेवारी लिनुपर्छ ।’

मधेसी नेतालाई उनले फासिष्टको संज्ञा दिए । उनले भने, ‘जनताको मौलिक हक बन्देज गर्नेहरु फासिष्ट चरित्रका हुन् । मधेसी मोर्चाले त्यो चरित्र छोडोस् । खुल्ला प्रतिष्पर्धामा आउनुस । शान्तिपुर्ण रुपमा आउनुस् । हामीलाई पराजित गरेर देखाउनुस् । तपाईको पराजित मानसिकताका कारण तपाइहरुले अभियान रोक्ने गतिविधि गर्दैहुनुहुन्छ । यसो नगर्नुहोस् ।’

टीकापुर घटनाका दोषी मधेसी नेता
२०७२ भदौ ७ गतेको घटनामा मधेसी नेताहरुको दोष रहेको आरोप पनि उनले लगाएका छन् । उनले भने, ‘टीकापुरमा रक्तपात मच्चाउने तत्वहरु तिनै हुन् । यस्ताबाट सावधान हुनपर्छ । टीकापुर घटनाको न्यायिक जाच हुन सकेको छैन । यसको न्यायिक छानविन हुन जरुरी छ ।’



थरुहटको बन्द
एमालेको मेची महाकाली अभियानको विरोधमा थरुहट तराइ पार्टी कैलालीले बन्दको आहान गरेको थियो । अभियानको स्वागतका लागि दुर्गौली, पथरैया र गुलरामा बनाइएको स्वागत गेट थरुहट तराइ पार्टीका जिल्ला नेता रामप्रसाद चौधरीले बताए ।

अभियानको विरोधमा गेट जलाएको उनले बताए । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक पुष्कर चन्दले गेट जलाउने प्रयास गरेको सुनाए । उनले भने, ‘प्रयास गरे । जलाउन पाएनन् ।’
एमालेले खोक्रो राष्ट्रवादको नारा भजाएर तराइ मधेसमा जातिय र साम्प्रदायिक द्वन्द्व निम्त्याएको भन्दै कैलाली बन्द आव्हान गरेको थरुहट तराइ पार्टीले विज्ञप्ती मार्फत जनाएको छ ।

कैलाली बन्दको प्रभाव सामान्य परेको छ । थरुहट तराइ पार्टी कैलालीका उपाध्याक्ष प्रदेशी चौधरी हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत थरुहट तराइ पार्टी नेपालले एमालेको अभियानमा कोही पनि सहभागी नहुन अपील पनि गरेको छ ।

थारुको सम्बाेधन
एमाले थारु विरोधी पार्टीको रुपमा प्रचार भएको भन्दै टीकापुरको सभामा एमाले सल्लाहकार परिषदका सदस्य हनुमान चौधरीलाई पनि संवोधन गर्न दिइएको थियो । सभालाई सम्बोधन गर्दै एमालेका हनुमानले थारु भाषामै कसैको भडकाउमा नलाग्न अनुरोध गरे ।

उनले भने, ‘कान लग्यो भनेर कौवाको पछि नलाग्नुस् । संविधानले थारुलाई पुरा अधिकार दिएको छ ।’
एमालेको अभियान बर्दियाको गुलरिया, राजापुरबाट कैलालीको टीकापुर हँुदै लम्की पुगेको छ ।

प्रकाशित : चैत्र २, २०७३ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?