२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बसले किच्दा वृद्धको मृत्यु

आश गुरुङ

लमजुङ — राइनास नगरपालिका-६, तीनपिप्लेमा बसले किच्दा मंगलबार दिउँसो एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । नारायणगढबाट लमजुङको पूर्वी क्षेत्र बोराङखोला जाँदै गरेको ना ४ ख ९६ नं. को बसले किच्दा राइनास नगरपालिका-११, प्यारजुङका ६९ वर्षीय गंगाराम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राइनास नगरपालिका-६, तीनपिप्लेमा बसले किच्दा मंगलबार दिउँसो एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

नारायणगढबाट लमजुङको पूर्वी क्षेत्र बोराङखोला जाँदै गरेको ना ४ ख ९६ नं. को बसले किच्दा राइनास नगरपालिका-११, प्यारजुङका ६९ वर्षीय गंगाराम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । बसबाट झरेर बाटो क्रस गर्ने क्रममा उक्त बसले चेपेर किच्न पुग्दा वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी सई कृष्णबहादुर क्षत्रीले सवारी र चालक भरतपुर उपमहानगरपालिका-२१ का २८ वर्षीय कान्छा तामाङलाई प्रहरी चौकी तीनपिप्लेले नियन्त्रणमा लिएको बताए ।

प्रकाशित : फाल्गुन १७, २०७३ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?